Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

खेलकुद राष्ट्रको समृद्धिसंग जोडिएको छ: नगर प्रमुख कलाम

कपिलवस्तु – कपिलवस्तुको महाराजगंज नगरपालिकामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा विहिबारबाट सुरु भएको प्रतियोगिता तिन दिन सम्म सञ्चालन हुने छ । कार्यक्रमको उद्घाटन गर्दै महाराजगंज नगर पालिकाका नगर प्रमुख अब्दुल कलामले खेलकुदलाई प्राथमिकतामा राखेर नगरपालिकाले चालु आर्थिक वर्षको वजेटमा विभिन्न खेलकुद प्रतियोगिता आयोजनाका लागि बजेट छुट्टयाएको बताउनु भयो ।

खेलकुद स्वास्थ्यसँग पनि जोडिएकाले नगरपालिकाले खेलकुदलाई विशेष महत्व दिएको उल्लेख गर्नु भयो । खेलकुद राष्ट्को समृद्धिसंग जोडिएको भन्दै खेलकुदले देशको अर्थतन्त्रको पनि विकास गरेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरीले विद्यार्थीहरुको शैक्षिक बिकासका लागि मात्र नभई शारीरिक बिकासमा जोड दिनुपर्ने बताउनु भयो । खेल जित्नु मात्र ठूलो कुरा नभएर अनुशासन पुर्व खेल प्रदर्शन गर्नु ठूलो कुरा भएको बताउनु भयो ।
नगर भित्रका खेलकुद प्रतिभाको खोजि गर्दै संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी राष्ट्रनिर्माण र खेल विकाशमा खेलाडिको भुमिका सवल हुने बताउनु भयो ।

स्थानीयस्तरमा रहेका खेल प्रतिभालाई उजागर र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता कार्यक्रम
फागुन २८ गतेसम्म सञ्चालन हुने शिक्षा शाखा प्रमुख रेस्मी राज अर्यालले बताउनु भयो । प्रतियोगितामा नगरका सामुदायिक र निजी गरी १२ विद्यालयका खेलाडीहरुल भलिबल , कबड्डी , यस्तै, एथलेटिक्सअन्तर्गत महिला पुरुष दौड लगायतका खेलमा प्रतिस्पर्धा गर्ने बताईएको छ ।

प्रतियोगिताको पहिलो दिन आज विद्यार्थीहरुले मार्च पास गरेका थिए । प्रतियोगिताको उद्घाटन कार्यक्रमको अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य समेत प्रदर्शन गरेका थिए ।उद्घाटन समारोह महाराजगन्ज नगरपालिका शिक्षा शाखा प्रमुख रेस्मी राज अर्यालको अध्यक्षता , महाराजगंज नगर पालिकाका नगर प्रमुख अब्दुल कलामको प्रमुख आतिथ्यता, उप प्रमुख सुभावति कुर्मि ,प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरी ,वडा अध्यक्षहरुलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP