Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सरकारी छाप किर्ते गरेको आरोपमा १२ जना पक्राउ

काठमाडौं । प्रहरीले सरकारी छाप किर्ते गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको आरोपमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका-१ घर भई काठमाडौं गोंगबु मिलन टोल बस्ने २९ वर्षीय अमृत थापा, रोल्पा माडी गाउँपालिका-४ घर भएका २४ वर्षीय प्रज्वल खड्का, बाग्लुङ नगरपालिका-८ घर भई काठमाडौं सामाखुशी बस्ने ३० वर्षीय रञ्जित कार्की, बेनी नगरपालिका-५ घर भई काठमाडौं मनमैजु बालाजु बस्ने ३३ वर्षीय रामजी परियार रहेका छन् ।

यस्तै ललितपुर महांकाल घर भएकी ३६ वर्षीया गोमा बजगाई, पाल्पा पूर्व खोला गाउँपालिका-५ घर भएका ३३ वर्षीय जिवन कुमार श्रेष्ठ, रामेछाप गागल गाउँपालिका-८ घर भएका ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल गाउँपालिका-२ घर भएका रमेश बजगाई, काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका-४ घर भएका २५ वर्षीय सन्दिप मैनाली, सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २१ वर्षीय अभिषेक मगर, दैलेख आठबीस नगरपालिका-३ घर भएका २२ वर्षीय निरञ्‍जन तिवारी र धादिङ थाक्रे गाउँपालिका-४ घर भएका २४ वर्षीय मदन तामाङ रहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP