Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पुनरकर्जाको व्यवस्थामा संशोधन, ब्याजदर ७ प्रतिशतसम्म पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ महामारीका कारण दिइँदै आएको सहुलियतपूर्ण पुनरकर्जाको व्यवस्थाहरुमा परिवर्तन गरेको छ । यसअघि ५ प्रतिशतसम्म रहेको पुनरकर्जाको ब्याजदर ७ प्रतिशतसम्म पुगेको छ ।

मंगलबार राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ को चौथो संशोधन जारी गर्दै लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र साधारण पुनरकर्जाको ब्याजदर ७ प्रतिशतसम्म पुर्‍याएको हो । यस्तो कर्जा राष्ट्र बैंकले ४ प्रतिशतमै बैंकहरुलाई उपलब्ध गराउनेछ ।

विशेष पुनरकर्जाको ब्याजदर भने बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत मात्रै लिन पाउनेछन् । यस्तो विशेष कर्जा राष्ट्र बैंकले बैंकहरुलाई २ प्रतिशतमै दिनेछ ।

राष्ट्र बैंकका अनुसार एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन ।

प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा ५ करोडको हुनेछ । एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।

बैंकले ग्राहकअनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनरकर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुने व्यवस्था गरिएको छ । तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ऋणी ५० करोड रुपैयाँसम्म पुनरकर्जा प्रदान गर्न सकिने छ । यसरी ग्राहकअनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP