Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

त्रिकोणात्मक सिरिज : पीएनजीविरुद्भ खेल्दै नेपाल

काठमाडौं : नेपाल, पपुवा न्यगिनी पीएनजी र मलेसिया सम्मिलित त्रिकोणत्मक ट्वेन्टी ट्वेन्टी सिरिज आज काठमाडौंमा शुरु हुँदैछ। 

सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यगिनी पीएनजीसँग दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपाल र पीएनजीबीच १ पटक मात्र खेल भएको छ। आईसिसी ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट अन्तर्गत पीएनजीसँग सन् २०१५ मा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो। 

७ वर्षपछि ट्वेन्टी ट्वेन्टी खेल्न लाग्दा त्यस समय टोलीमा रहेका करण केसी र सोमपाल कामी मात्र यस पटक पनि पीएनजीविरुद्ध खेल्दैछन। सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्नेछ। मलेसियासँग अहिलेसम्म ६ खेल खेल्दा नेपालले ५ जित र १ हारको नतिजा निकालेको छ। 

यस सिरिजका ३ टोली मध्ये आईसिसीको वरियताका आधारमा नेपाल बलियो देखिएको छ। पछिल्लो वरियतामा नेपाल १३ औं स्थानमा रहँदा पीएनजी १९ र मलेसिया ३३ औं स्थानमा छ। 

घरेलु मैदानमा भएका ट्वेन्टी ट्वेन्टी खेलमा राम्रो नतिजा निकालेको नेपालले यस सिरिजमा नयाँ खेलाडीलाई प्रयोग गर्ने लक्ष्य लिएको छ। 

त्रिवि मैदानमा ८ ट्वेन्टी ट्वेन्टी खेल्दा नेपालले ७ खेल जितेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिज ३ वटै टोलीले २९२ खेल खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP