Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

२ क्विन्टल ६५ किलो गाँजासहित ५ जना पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध गाँजासहित ५ जना पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २ क्विन्टल ६५ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गस्तीको क्रममा मनहरी गाउँपालिका–६ स्थित लोथर खोला हुँदै खयरघारीतर्फ शंकास्पद रुपमा पिठ्युँमा भारी बोकी आइरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले धादिङ रोराङ्ग–२ का ३० वर्षीय मानबहादुर चेपाङ, ३९ वर्षीय सन्तबहादुर चेपाङ, मनहरी–३ का ५३ वर्षीय बुद्धीबहादुर थिङ र चितवन राप्ती–११ बस्ने वर्ष ५५ को सञ्चबहादुर थिङलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले १ सय केजी गाँजा फेला पारेको छ। 

त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको प्र ३–०१–०२३ च ५६४० नम्बरको योद्धा पिकअप गाडीको जाँच गर्दा १ सय ६५ केजी गाँजा फेला पारेको छ। गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा–१३ पदमपोखरीका २८ वर्षीय अरबिन्द नेपाली रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP