Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

त्रिकोणात्मक सिरिज :  नेपाल-मलेसिया भिड्दै

काठमाडौं :  त्रिकोणत्मक ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।  सिरिजमा दुबै टोलीले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेका छन्। 

यसअघि नेपाल र मलेसिया ६ पटक  ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन्। मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ। ५ खेलमा नेपालले खेल आफ्नो पक्षमा पार्दा मलेसियाले नेपाललाई एक पटक मात्र जितेको छ। 

सन् २०१९ मा नेपालले आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगिता अघि नेपालले मलेसिया भ्रमण गरेको थियो। दुई खेलको सिरिजमा नेपालले क्लिन स्वीप गर्न सफल भएको थियो।

आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगितामा समेत नेपालले मलेसियालाई पराजित गर्न सफल रह्यो । सन् २०२० को एसीसी इस्टर्न रिजन ट्वान्टी-ट्वान्टीमा भने नेपाल पहिलो पटक मलेसियासँग पराजित भएको थियो। 

सन् २०२१ नेपालले आयोजना गरेको त्रिकोणात्मक टी(ट्वान्टी सिरिजमा मलेसियालाई दुवै खेलमा पराजित गर्यो। नेदरल्याण्डसमेत रहेको सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सिरिज जित्न सफल भएको थियो। 

यस्तै सन् २००७ को कुवेतमा भएको एसीसी ट्वान्टी-ट्वान्टी कपमा नेपालले मलेसियासँग पहिलो पटक खेलेको थियो। सो खेलमा नेपालले २१ रनको जित निकालेको थियो। 

सन् २०१३ को एसीसी टी–ट्वान्टी कप नेपालले आयोजना गर्दा घरेलु टोली नेपाल १९ रनले विजयी भएको थियो । सन् २०१८ को विश्व टी–ट्वान्टी एसिया अन्तर रिजनल छनोटमा प्रतिस्पर्धा गरेका थिए। जुन खेलमा नेपालले ८ विकेटको जित निकालेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP