Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्राप्ताङ्क थपघट गरी नतिजा फेरबदल गरेकाे आराेपमा त्रिविका सह-प्राध्यापकविरुद्ध मुद्दा दर्ता

काठमाण्डाै – देशको जेठो विश्वविद्यालयका कर्मचारी इमान्दार, लगनशील र कानून कार्यान्वयनमा अब्बल हुनुपर्छ । उनीहरुलाई आ–आफ्नो जिम्मेवारी सुम्पिइएको छ तर इतिहास बोकेको विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै गलत काम गरे भने त्यो सरासर गैरकानूनी मात्रै हुँदैन, अख्तियारको दुरुपयोगसमेत हुन्छ ।

यस्तै भएको छ त्रिभुवन विश्वविद्यालयको त्रिवि सेवा आयोगमा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजाे विशेष अदालतमा दायर गरेको मुद्दाका आधारमा हेर्दा आयोगमा कार्यरत कर्मचारीले परीक्षामा अनाधिकृतरूपमा चलखेल गरेको पाइएको छ । आयोगले २०७३ फागुन १८ गते प्रकाशित विज्ञापन नं १८/०७३/०७४ सँग सम्बन्धित उपप्रशासक, पुस्तकालय अधिकृत, अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षामा अख्तियारको दुरुपयोग गरेको पाइएको छ ।

ती पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता गरेको पाइएको आयोगले स्पष्ट पारेको छ ।

प्राप्ताङ्क केरमेट गरेको, थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमा समेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको समेत पाइएको छ । आयोगले लेखा सहायक पदको प्रथमपत्रको परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, लेखा सहायकको दोस्रो पत्रको परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको छ ।

यस्तै पुस्तकालय सहायक पदको दोस्रो पत्रको परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका रुजु गर्न आयोगका तत्कालीन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

उनीहरुलाई तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजारदेखि १० हजार रुपैयाँसम्मको जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP