Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आईपीएल : बैंग्लोरद्वारा कोलकाता पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित हात पारेको छ। 

बुधबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बैंग्लोरले पहिलो जित निकालेको हो।

१ सय २९ रनको विजयी लक्ष्य बैंग्लोरले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। बैंग्लोरको जितमा शेर्फान रदरफोर्डले सर्वाधिक २८ रनको योगदान दिए भने  शहबाद अहमदले २७ रन जोडे।  कोलकाता टिम साउदीले  ३ विकेट लिए भने उमेश यादवले २ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको कोलकाता १८.५ ओभरमा १ सय २८ रनमा समेटिएको थियो। कोलकाताका आन्द्रे रसेलले सर्वाधिक २५ रन बनाए। अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। 

वानिन्दु हसरंगाले ४ विकेट लिए भने हर्षल पटेलले २ विकेट लिए। आकाश दीपले ३ विकेट लिँदा मोहम्मद शिराजको नाममा १ विकेट रह्यो।

बैंग्लोर पहिलो खेलमा पन्जाब किंग्ससँग ५ विकेटले पराजित भएको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP