Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौं : लागुऔषधसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागुऔषधसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-१ बस्ने २३ वर्षीय साहिद रजा र सुनसरी गडी गाउँपालिका-३ बस्ने २३ वर्षीय प्रमोदकुमार मेहता रहेका छन्।

नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरीले बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ७१३२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार साहिदबाट लागुऔषध नाईट्राभेट ६ सय ट्याब्लेट र काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २३१४ नम्बरको बसमा सवार प्रमोदबाट डाईजेपाम २ सय एम्पुल, लुपिजेसिक २ सय एम्पुल र नाईट्राभेट १ हजार ८ सय ५ ट्याब्लेट बरामद गरेको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरबाट करिब ८ ग्राम ६ सय ७० मिलिग्राम लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ, करिब ७ ग्राम १ सय ४० मिलिग्राम सेतो हेरोईनजस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद १ लाख ५६ हजार १ सय २० रूपैयाँ र १ थान एटिएम कार्डसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-१३ बस्ने २५ वर्षीय वर्णबहादुर बोहरा र सोही नगरपालिका-१२ बस्ने २८ वर्षीय भीमा तामाङ रहेका छन्। वर्णबहादुरको कोठामा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले कोठा खानतलासी गर्दा उक्त लागुऔषध फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP