Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चेल्सीलाई पराजित गर्दै रियल मड्रिड सेमिफाइनलमा

काठमाडौं : रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा डिफेन्डिङ च्याम्पियन चेल्सीसँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ५-४ गोल अन्तरको नतिजा निकाल्दै रियल म्याड्रिड सेमिफाइनलमा पुगेको हो।

यसअघि पहिलो लिगमा रियल म्याड्रिड ३-१ गोल अन्तरले विजयी भएको थियो। दोस्रो लिगमा भने रियललाई उसको घरेलु मैदानमा चेल्सीले कडा चुनौती दिएको थियो।

 ३-० ले पछि परेको अवस्थामा रियल म्याड्रिडले खेलमा कमब्याक गर्दै खेललाई अतिरिक्त समयमा लगेर गोल गर्दै समग्र नतिजा आफ्नो पक्षमा पारेको थियो। खेलको ८०औं मिनेटमा रोड्रीगोको गोलमा रियल म्याड्रिड खेलमा फर्किएको थियो।

यस अघि चेल्सीले ३ गोल गरिसकेको थियो। निर्धारित ९० मिनेटको खेलमा चेल्सी ३-१ गोल अन्तरले अगाडी भएपछि समग्र नतिजा ४(४ गोलको बराबरीमा भएपछि खेल अतिरिक्त समय खेलाइएको थियो। 

अतिरिक्त समयको छैटौं मिनेटमा रियल म्याड्रिडका लागि करिम बेन्जमाले गोल गरेका थिए।  यो गोल पछि खेल ३-२ ले जितेपनि समग्रमा रियल म्याड्रिड ५-४ ले अगाडी हुदै सेमिफाइनलमा पुगेको छ भने च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन चेल्सी बाहिरिएको छ।

अब रियल म्याड्रिडले सेमिफाइनलमा म्यानचेस्टर सिटी र एटलेटिको म्याड्रिडबीचको विजेतासँग खेल्ने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP