Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लेटाङ घटना : प्रहरी जवान उर्मिलाको गोली लागेर हत्या भएको पुष्टि

विराटनगर : मोरङको लेटाङ नगरपालिकामा भएका प्रहरी र स्थानीयबीचको झडपमा मृत्यु भएकी प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको गाली हानेर हत्या भएको खुलेको छ। पोस्मार्टम रिपोर्टमा उर्मिलामाथि धारिलो हतियार नभएर गोली लागेको पुष्टि भएको हो।

विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट वाई फाइयर आम इन्जुरी’ उल्लेख छ। प्रहरीले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महिला प्रहरीको शरीरबाट गोली निकालिएको उल्लेख छ। तर, यसअघि धारिलो हतियार प्रयोग गरी उर्मिलाको हत्या भएको प्रहरीले बताउँदै आएको थियो।

लेटाङ-५ स्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रामाथि दुर्व्यवहार गरेको र आरोपितलाई कारवाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका थिए। त्यही बेला स्थानीय र प्रहरीबीच झडप भएको थियो।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले तीन वटा हतियारबाट हवाई फायर गरेको थियो। तर, नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको हतियारबाट निस्किेको गोलीसँग ‘म्याच’ हुन नसेकेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP