Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गोदावरी नगरका तत्कालीन प्रशासकद्वय विष्ट र जोशीविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा

काठमाडौं : कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन २ प्रमुख प्रशासकीय अधिकृतविरुद्ध फेरि भ्रष्टाचारको मुद्दा लागेको छ।

गत चैत ३० गते निर्धारित शर्त तथा मापदण्डविपरीत विभिन्न सडक निर्माण गराइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू खेमराज विष्ट र देवराज जोशीसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। आज (बिहीबार) फेरि अख्तियारले तिनै दुई अधिकृतसहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय विष्ट र जोशीसहित तत्कालीन इन्जिनियर पूर्ण कुँवर, सब-इन्जिनियर ज्ञानेन्द्र बुढा र नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालयका ल्याब टेक्निसियन धनबहादुर विष्ट तथा निर्माण व्यवसायी गणेश बिष्टविरुद्ध भ्रष्टाचारको मुद्दा लगाएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार उनीहरूबाट १२ लाखदेखि करिब ५७ लाखसम्म बिगो कायम गरी मुद्दा दायर गरिएको छ। गोदावरी नगरपालिकाका विभिन्न १३ सडक गुणस्तरहीन तथा मापदण्डविपरीत निर्माण गरी भुक्तानी बढी दिएर सरकारलाई हानी नोक्सानी पुर्‍याएको निष्कर्ष अख्तियारले निकालेको छ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्टबाट ३१ लाख ३७ हजार ८ सय ५३ रूपैयाँ र जोशीबाट २५ लाख ५२ हजार ८ सय ८६ रूपैयाँ बिगो कायम गरी असुलउपरको मागदाबी गरेको छ।

तत्कालीन इन्जिनियर कुँवरबाट ५६ लाख ९० हजार ७ सय ४०, सब-इन्जिनियर बुढाबाट ४३ लाख १७ हजार ६ सय ६६ र शाहीबाट १२ लाख २४ हजार  ४ सय ९५, ल्याब टेक्निसियन विष्टबाट ५३ लाख  ५१ हजार २ सय ३४ र निर्माण व्यवसायी विष्टबाट ५० लाख ३१ हजार ५४ रूपैयाँ बिगो कायम गरी असुलउपरको मागदाबी गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP