Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मस्जिदभित्र कुटाकुट, आठ घाइते

दाङ : लमहीस्थित एक मस्जिदमा दुई समूहबीच कुटाकुट भएको छ। कुटाकुटबाट आठजना घाइते भएका छन्। दुई समूहबीच अन्धाधुन्ध आक्रमण हुँदा एकजना गम्भीर घाइते भएका छन् भने सातजना सामान्य घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्पराज थापाले जानकारी दिए।

शुक्रबार दिउँसो करिब एक बजे लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेका वेला त्यही भीडबाट चक्कु र इँटा प्रहार भएको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये एकजनाको टाउको गम्भीर चोट लागेको छ।

चक्कु र इँटा प्रहारबाट लमही नगरपालिका-५ निवासी ६४ वर्षीय गुठे कुरेसी, सोही वडा निवासी ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मिया, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याकदिन अलि घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूमध्ये चारजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चारजनाको जानकी मेडिकलमा उपचार भइरहेको छ। लमहीमा रहेको मदरसाको व्यवस्थापन समितिको विषयलाई लिएर दुई समूहबीच झडप भएको बुझिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP