Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कोलकातासँग मुम्बईको लज्जास्पद हार

काठमाडौं : इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गरेको छ। पाँच पटकको विजेता मुम्बईले यो सिजनमा खराब प्रदर्शन गरिरहेको छ। ​

डिवाइ पाट्ली स्पोर्टस् एकेडेमी मुम्बइमा कोलकाताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको घरेलु टोली मुम्बइ १७ दशमलब ३ ओभरमा १ सय १३ रनमै समेटियो। उसका लागिइशन किसानले सर्वाधिक ५१ रनको योगदान गरे। 

केइरोन पोलार्डले १५, टिम डेभिडले १३ र रामदीप सिंहले १२ रन जोड्नुबाहेक अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। मुम्बइलाई सस्तैमा समेट्न कोलकाताका प्याट कमिन्सले ३, आन्द्रे रस्सेलले २ तथा सुनिल नराइन र टिम साउदीले एक एक विकेट लिए। 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। उसका वैंकटेश आयर र नितिश रानाले ४३–४३ रन जोडे भने अजिन्क्या रहानेले २५ रन बनाए। रिंकु् सिंह २३ रनमाअविजित रहे। मुम्बइका जस्प्रित बुम्राहले ५ विकेट लिए। 

एघार खेलमा २ खेल मात्रै जितेको मुम्बइ तालिकाको पुच्छारमा यथावत छ । कोलकाता भने ५ खेल जितेर १० अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP