Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिक्षण संस्था पनि दुई दिन बिदा, वर्षे र हिउँदे बिदा काटियो

काठमाडौं : शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले हिउँदे र वर्षे बिदा कटौती गरेको छ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयअनुसार कोर्स पूरा गराउन बिदा कटौती गरिएको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए।

सातामा दुई दिन बिदा दिँदा समयमा कोर्स नसकिने भएपछि मन्त्रालयमा बिदाबारे छलफल चलेको थियो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विद्यालयमा पनि यो निर्णय लागू गर्नुपर्ने भए कोर्स सक्ने विकल्प खोज्नुपर्ने सुझाव सरकारलाई दिएको थियो। 

‘शैक्षिक संस्थामा पनि दुई दिन बिदा लागू हुन्छ, शुक्रबार पूरा समय पढाउनुपर्ने र नपुग समय वर्षे र हिउँदे बिदा कटौती गरी अधिकतम ३० दिन बिदा कटौती गर्ने मन्त्रीस्तरीय निर्णय भएको छ,’ शर्माले भने।

त्यस्तै, उनले क्याम्पसको हकमा विश्वविद्यालयले समन्वय गर्ने,प्राविधिक विद्यालयको हकमा सिटिइभिटीले निर्णय गर्नुपर्ने निर्णय भएको बताए। हिउँदे बिदा कहिले दिने भन्ने स्थानीय तहले गर्नुपर्ने उनको भनाइ छ। शैक्षिक क्यालेन्डरअनुसार वर्षभरि १ सय ८० दिन पठनपाठन सञ्चालन गर्नुपर्नेछ।

पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै गरिएको शनिबार र आइतबार दुई दिन शैक्षिक संस्थालाई समेत सार्वजनिक बिदा दिने निर्णय आगामी जेठ १ गतेदेखि लागू हुँदै छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP