Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

साताको दुई दिन बिदा विश्वविद्यालयका क्याम्पसमा लागू नहुने

काठमाडौं : सरकारले निर्णय गरेको साताको दुई दिन सार्वजनिक बिदा त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका क्याम्पसमा लागू नहुने भएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना जारी गरि बिदा लागू नगर्नू भनेको हो।

सूचनामा कोभिड-१९ ले समेत शिक्षा क्षेत्रमा असर पुर्‍याएकाले समयमा कोर्स सक्न बिदाको व्यवस्था नगरिएको उल्लेख गरिएको छ। त्रिविबाट अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि त्रिविबाट प्रदान गरिने सेवा र पठनपाठन नियमित सञ्चालन हुने त्रिविले जनाएको छ।

त्यस्तै, भक्तपुर नगरपालिकाले पनि नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयलाई तत्काल सार्वजनिक बिदा नदिन र साबिककै अनुसार पठनपाठन थाल्न निर्देशन दिएको छ। 

सरकारले पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी विनिमय सञ्चिति बढाउन भन्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय आज जेठ १ गतेदेखि लागू भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP