Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारतबाट जुत्ताभित्र ३० तोला सुन लुकाएर ल्याउने पक्राउ

झापा : झापाको काँकडभिट्टामा ३० तोला सुनसहित एक युवक पक्राउ परेका छन्। सुनसहित पक्राउ पर्नेमा कैलाली जिल्ला जानकी गाउँपालिका-५ घर भई हाल झापाको दमक नगरपालिका २ निवासी ३३ वर्षीय धिरेन्द्रप्रसाद जैसी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

मेचीनगर-६ काँकडभिट्टा स्थित मेची पुलनजिकै लागुऔषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले विशेष सूचनाको आधारमा जैसीलाई सुनसहित पक्राउ गरेको हो। 

भारतबाट नेपालतर्फ आइरहेका जैसीमाथि शंका लागेर प्रहरीले खोजतलास गर्दा उनले लगाएको जुत्ताभित्र १०/१० तोला तौल भएको तीन वटा बिस्कुट आकारको सुन भेटिएको डिएसपी थापाले बताए।
 
बरामद गरिएको सुनको नेपाली बजार मुल्य २८ लाख रुपैयाँ रहेको छ। पक्राउ परेका जैसी पश्चिम बङ्गालको सिलगुढी पुगेर आएको बताइएको छ। उनले त्यहीबाट सुन लिएर आएको हुन सक्ने प्रहरीको अनुमान छ। 

उनको विषयमा थप अनुसन्धान भइरहेको छ। यता पक्राउ परेको जैसीलाई सुनसहित आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइसकेको डिएसपी पाठकले बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP