Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एमाले कार्यकर्ता माथि कांग्रेसकाे साङ्घातिक आक्रमण

संखुवासभा : संखुवासभामा नेकपा एमालेका कार्यकर्ता माथि साङ्घातिक आक्रमण गरिएकाे छ। ​जिल्लाकाे धर्मदेवी नगरपालिका –१ मा नेकपा एमाले धर्मदेवी नगर कमिटी सदस्य नारायण लिम्बूलाई कांग्रेस कार्यकर्ताले कुटपिट गरेको आरोप एमालेले लगाएको छ।

हिजो साँझ नगरपालिका पुगेर घर फर्किदै गरेका  लिम्बुलाई कांग्रेस कार्यकर्ताले महभीर नजिकै डाँडामा बाटो छेकेर साङ्घातिक आक्रमण गरी मरणासन्न तुल्याएको भन्दै नेकपा एमाले धर्मदेवी नगर कमिटीले विज्ञप्ति मार्फत कारवाहीको माग गरेको छ।

आक्रमणमा संम्लग्न दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै एमालेले लोकतान्त्रिक पद्दतिमा चुनावको हार स्वीकार गर्न नसक्ने नेपाली कांग्रेसका अराजक र सर्व सत्तावादी चरित्र प्रति घोर भत्र्सना गर्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

एमाले कार्यकर्ता लिम्बू २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडा सदस्य निर्वाचित भएका थिए। कांग्रेस कार्यकर्ताको आक्रमणबाट लिम्बूको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ।

गम्भीर घाइते लिम्बूको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकेपछि विराट नर्सिङहोम विराटनगर लगिएको छ।

घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सरोज खनालले जानकारी दिए। प्रहरीले घटनामा संम्लग्न रुपमान तामाङ फरार रहेको जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP