Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नवप्रवेशी टोली गुजरात आईपीएल क्रिकेटको फाइनलमा : राजस्थान ७ विकेटले पराजित

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनल पुगेको हो ।

राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । गुजरातका डेभिड मिलरले अविजित ६८ रनको अर्धशतकीय पारी खेले । कप्तान हार्दिक पाण्डेयले अविजित ४० रन जोडे । राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

राजस्थानका जोस बट्लरले ८९ रनको अर्धशतकीय पारी खेले । कप्तान सन्जु सामसन ४७ रनमा आउट भए । गुजरातका मोहमद शामी, यश डयल, साई किशोर र हार्दिक पाण्डेयले १/१ विकेट लिए । अब राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । इलिमिनेटरमा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोर खेल्दैछन् । खेल राति पौने आठ बजे कोलकतामा हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP