Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एक महिनाभित्र विद्यार्थीकाे हातहातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारलाई निर्देशन

काठमाण्डाै – संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र गरी सम्पन्न गरी विद्यार्थीको हातहातमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ । 

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज बुधवारकाे बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीको हातहातमा पुर्‍यायउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको हो । छापिएको पुस्तक पनि तत्काल विद्यार्थीलाई वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिइएकाे समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो । 

समितिले ३५ लाख बाँकी पुस्तक छपाइकाे काम छिटो सम्पन्न गर्न अन्य प्रेसमा पनि काम गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सचेत गराएको छ । सभापति घर्तीले भन्नुभयो, ‘छापिएका पुस्तकलाई तत्काल पुर्‍याउनु पर्‍याे । छाप्न बाँकी रहेका पुस्तक एक महिनाभित्र छापेर विद्यार्थीको हातमा पुर्‍याउन समिति सरकारलाई निर्देशन दिन चाहन्छ ।’

समितिले विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पुग्न नसक्ने समस्याको दीर्घकालीन समाधानका लागि छपाइको काम प्रदेश सरकार र वितरणको काम पालिकालाई जिम्मा दिने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ । सरकारी विद्यालयमा पाठ्यपुस्तकको अभाव विगतदेखि हुँदै आएकाले प्रदेश सरकारलाई छपाइ र सम्बन्धित पालिकालाई वितरणको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति घर्तीले बताउनुभयो ।

उहाँले पाठ्यपुस्तक समेत समयमा पुग्न नसकेको कारण सरकारी विद्यालय नै नरहने अवस्था आउने हो कि भन्ने चिन्ता छाएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP