Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आईपीएल क्रिकेटको उपाधि गुजरात टाइटन्सले जित्यो

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ।​ अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति राति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो।  आईपीएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि हात पार्न सफल भयो। ​ 

राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। गुजरातका लागि  शुभमान गिलले नटआउट ४५,  कप्तान हार्दिक पाण्ड्याले ३४ र डेभिड मिलरले ३२ रन बनाए।

बलिङतर्फ राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा र युजभेन्द्र चहलले समान १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो। राजस्थानका लागि जोश बटलरले ३९ रन यशस्वी जैसवाल २२ र कप्तान सन्जु सामसनले १४ रन जोडे।

बलिङतर्फ गुजरातका कप्तान हार्दिकले ३,साइ किशोरले २ तथा मोहमद सामी, यश दयल र रासिद खानले समान १-१ विकेट लिए। 

राजस्थानलाई हराएर फाइनलमा पुगेको गुजरातले फाइनलमा पनि राजस्थानलाई नै हराएर उपाधि हात पारेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP