Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एसिया छनोट खेल्न महिला क्रिकेट टोली आज मलेसिया जाने

ठमाडौं : १९ वर्षमुनिको एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली बुधबार मलेसिया जाँदैछ। छनोट खेलमा सहभागी हुन जाने १४ खेलाडी, प्रशिक्षक र चारजना अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नै कार्यक्रम गरी विदाइ गरेको छ।

छनोट खेल मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म हुनेछ। एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ । छनोटमा नेपालसँगै भुटान, मलेसिया, कतार, युएई र थाइल्याण्ड छन्।

नेपालले पहिलो खेल जेठ २० मा कतारसँग खेल्नेछ। आईसीसीले पहिलोपल्ट आयोजना गर्न लागेको महिला १९ बर्षमुनिको विश्वकप सन् २०२३ जनवरीमा दक्षिण अफ्रिकामा हुँदैछ। 

टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ।विश्वकपमा छनोट हुन नेपाली टोलीले मलेसियामा आयोजना हुने यू–१९ एसिया छनोटमा राम्रो प्रदर्शन गर्न चाहन्छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक महेश रिजालले छनोटमा शीर्ष स्थान हासिल गर्दै विश्वकपमा छनोट हुने लक्ष्य लिएको बताए। यसका लागि नेपाली टोलीले एक महिनाअघिदेखि तयारी गरिरहेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP