Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दोहोरो दशैंभत्ता लिने प्रअविरुद्ध अख्तियारले गर्‍यो मुद्दा दायर

काठमाडौं : पर्साको नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय, श्रीपुर मुर्ली वीरगन्जका तत्कालीन प्रधानाध्यापक (प्रअ) बलराम श्रेष्ठ र लेखा कर्मचारी राकेशमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्दा लागेको छ। उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको हो।

आर्थिक वर्ष ०६८/६९ मा विज्ञान प्रयोगशाला निर्माण, सामाग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माणका लागि जिल्ला शिक्षा कार्यालय पर्साबाट २९ लाख ५० हजार रूपैयाँ निकासा भएको थियो। सो रकम सम्बन्धित शीर्षकमा खर्च नगरी तत्कालीन प्रअ श्रेष्ठले आफूखुशी खर्च गरेको र आव ०६७/६८ को साउन‚ भदौ‚ असोज र दशैंखर्च वापतको रकमसमेत गरी ९२ हजार ३७८ रूपैयाँ दोहोरो तलब लिएको पाईएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार सरकारलाई हानीनोक्सानी पुर्‍याउने र आफूले गैरकानूनी लाभ लिएकाले श्रेष्ठविरुद्ध ३० लाख ४२ हजार ३७० रूपैयाँ बिगो कायम गरी कैद सजायको मागदाबी गरिएको छ।

साथै विद्यालयका कर्मचारी राकेशमानले पनि लेखा सञ्चालन गर्ने हैसियतले फरक शीर्षकमा आफूखुशी खर्च गरेको पुष्टि भएकाले भ्रष्टाचारको मुद्दा लगाइएको अख्तियारले जनाएको छ। उनीविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचारको कसूरमा २९ लाख ५० हजार रूपैयाँ बिगो कायम गरेको छ।

अख्तियारले आरोपपत्रमा शिक्षा कार्यालयबाट निकासा भएको रकम प्रअ बलराम र कर्मचारी राकेशमानबाट तथा दोहोरो तलबभत्ता प्रअबाट असुलउपर गर्न माग गरेको प्रवक्ता भण्डारीले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP