Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मोटरसाइकल चोर्ने दुई नाबालकसहित ८ जना पक्राउ

झापा : झापामा मोटरसाइकल चोरी घटनामा संलग्न दुई नाबालकसहित थप ८ जना पक्राउ परेका छन्। झापा प्रहरीले दुई दिन अघि मात्र चोरिएका चार वटा मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको थियो। जिल्लाकै मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगर क्षेत्रबाट विगत केही महिनादेखि मोटरसाइकल चोरी घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार इलाका प्रहरी कार्यालय अनारमनिमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे हाे।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका ५ निवासी १८ वर्षीय करण मण्डल, बिर्तामोड ३ निवासी १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा नगरपालिका ८ निवासी १८ वर्षीय समीर मियाँ, आहिल ग्यारेजका सञ्चालक सप्तरी जिल्ला टिकुली ५ निवासी १७ वर्षीय करण महमद, गौरीगन्ज गाउँपालिका ५ निवासी १८ वर्षीय ओमप्रकाश यादव, इलाम जिल्ला चुलाचुली बताउने १८ वर्षीय राहुल श्रेष्ठको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

घटनामा संलग्न १४ र १५ वर्ष उमेरका दुई जना नाबालक रहेको उनले बताए। बिर्तामोडमा मोटरसाइकल चोरीका घटना बढेसँगै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिको संयुक्त टोलीले सूक्ष्म रुपमा खोजतलास सुरु गरेको थियो।

सोही क्रममा जेठ १८ गते अर्जुनधारा ८ कदमगाछीस्थित अशोक विहारीको घर र अर्जुनधारा १० स्थित विमल हुमागाईंको घर सटरमा ग्यारेज सञ्चालन गर्ने सप्तरी टिकुली ५ घर भएका करण महमदको मोटरसाइकल ग्यारेजबाट ६ वटा, जिल्लाका अन्य स्थानबाट ५ वटा र इलामबाट एउटा गरी १२ वटा चोरी भएका मोटरसाइकल बरामद गर्न प्रहरी सफल भएको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP