Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

संखुवासभाको मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ

संखुवासभा : अर्कैको नाममा कक्षा १२ को परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ की मनिसा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

खाँदबारी–३ को महेन्द्र मावि मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन्। कक्षा १२ को बिहीबार भएको बाल विकास सिकाइ विषयको  परीक्षा दिँइरहेका वेला प्रहरीले मनिसालाई पक्राउ गरेको डिएसपी सुवेदीले बताए।

भोटखोला गाउँपालिका अरुणोदय माध्यमिक विद्यालयको कक्षा १२ की विद्यार्थी अनुसार गुरुङको सट्टामा परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा मनिसालाई प्रहरीले नियन्त्रणमा लिएको हो। नक्कली परीक्षार्थी मनिसालाई परीक्षा सञ्चालन भएको ४५ मिनेटपछि प्रहरीको जिम्मा लगाइएको महेन्द्र मावि मानेभञ्याङका केन्द्राध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए।

नक्कली परीक्षार्थी मनिसाले बहिनी अनुसाको प्रवेशपत्र लिएर परीक्षा हल पुगेकी थिइन्। केन्द्राध्यक्षले उत्तरी पुस्तिकामा हस्ताक्षर गर्ने क्रममा नक्कली परीक्षार्थी भएको खुलेको हो। पक्राउ परेकी मनिसालाई परीक्षा ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

यो नक्कली परीक्षार्थी पक्राउ परेको संखुवासभाको पहिलो घटना हो। उनीविरुद्ध परीक्षा नियमावलीअनुसार कारवाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटनाबारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP