Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नाडाललाई २२ औँ ग्रान्डस्लाम, ३६ वर्षमा १४ औँ फ्रेन्च ओपन

एजेन्सी । स्पेनिस टेनिस स्टार राफेल नाडालले करिअरको २२ औँ ग्रान्डस्लाम जितेका छन्। आइतबार राति सम्पन्न पुरुष एकलको फाइनलमा नाडालले नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा पाखा लगाए। नाडालले ६–३, ६–३ र ६–० को सहज सेटमा जित निकालेका हुन्।

यो खेललाई आफ्नो पक्षमा पार्ने क्रममा नाडालले २ घण्टा १८ मिनेट क्रिजमा बिताएका थिए। यससँगै उनी १४ पटक फ्रेन्च ओपन जित्न सफल रहे। ३६ वर्षीय नाडाल सर्वाधिक पाको उमेरमा फ्रेन्च ओपन च्याम्पियन समेत बने।

फाइनलमा नाडालसँग पराजित भएका रुड उनका चेला हुन्। उनी २०१८ देखि नाडालको एकेडेमीमा अभ्यासरत छन्।

रोल्यान्ड गारोसको ‘क्लेकोर्ट’ नाडालको दबदबा

पेरिसको रोल्यान्ड गारोस स्थित ‘क्ले कोर्ट’ मा आफ्नो दबदबा कायमै राख्ने क्रममा फाइनलमा अपराजित यात्रा जारी राखे। अर्थात् १४ औँ पटक फाइनलमा पुगेका नाडालले १४ औँ पटक नै फ्रेन्च ओपनको उपाधि आफ्नो नाममा पार्न सफल भए। 

सन् २००५ मा उनले पहिलो पटक च्याम्पियन बनेका थिए। त्यसपछि २००८ सम्म उनी लगातार चार पटक च्याम्पियन बने। २००९ मा उनी चौथो चरणमा हार भोग्दै बाहिरिएका थिए। त्यसपछि उनी २०१० देखि २०१४ सम्म लगातार पाँच पटक च्याम्पियन बनेका थिए। २०१५ मा उनी क्वार्टर फाइनलमा पराजित भए। 

२०१६ मा उनी चोटका कारण तेस्रो चरणबाट उनले आफ्नो नाम फिर्ता लिएका थिए। २०१७ देखि २०२० सम्म नाडाल लगातार चार पटक च्याम्पियन बनेका थिए। गत संस्करण (२०२१) मा उनी सेमिफाइनलमा नोभाक जोकोभिचसँग सेमिफाइनलमा पराजित भए। तर पुन उनी यो वर्ष आफ्नो दबदबामा फर्किए।

फेडेरर र जोकोभिच सँग दुई ग्रान्डस्लामको अग्रता

नाडाल विश्वमा सर्वाधिक धेरै ग्रान्डस्लाम जित्ने खेलाडी बने। उनले २२ औं उपाधि जित्दै उनलाई पछ्याइरहेका स्विस रोजर फेडेरर र सर्वियन नोभाक जोकोभिचलाई दुई ग्रान्डस्लाम पछि पार्न सफल भए। फेडेरर र जोकोभिचको नाममा समान २०-२० ग्रान्डस्लाम रहेको छ।

२००७ सम्म क्ले कोर्ट स्पेसलिस्ट मात्र थिए

नाडालले २००३ देखी ग्रान्डस्लाम खेल्न शुरु गरेका थिए। करिअरको शुरुवातमा उनलाई केवल ‘क्ले कोर्ट’का खेलाडीको रूपमा मात्र हेरिन्थ्यो। अर्थात् माटोको मैदानमा मात्र उनको राज चल्ने मानिन्थ्यो।  उनले घाँसे कोर्ट (ग्रास कोर्ट) र हार्ड कोर्टमा पनि सफलता हासिल गर्न सकेका थिएनन्। तर २००८ मा उनले विम्बल्डनको फाइनलमा फेडेरर लाई हराएर यो भनाइलाई पनि गलत साबित गरे। साथै २००९ मा उनले पहिलो पटक अस्ट्रेलियन ओपन जित्दै आफूलाई हार्ड कोर्टमा पनि विजेता बनाएका थिए। 

२०१० मा उनी युएस ओपन (हार्ड कोर्ट) को उपाधि जित्दै  ‘करिअर स्लाम’ आफ्नो नाममा बनाउन सफल भए। अर्थात् कुनै पनि टेनिस खेलाडीले करिअरमा सबै चार ग्रान्डस्लाम कम्तीमा पनि समान १–१ पटक जित्न सफल हुन्छ त्यस्तो खेलाडीलाई  ‘करिअर स्लाम’को उपाधि दिइन्छ। नाडाल हर ग्रान्डस्लामको उपाधि कम्तीमा २२ पटक जित्ने दोस्रो खेलाडी बनेका थिए। उनी अघि नोभाक जोकोभिचले यो उपाधि हासिल गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP