Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नापी कार्यालय चावहिलका सर्भेक्षक र अमिनविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिल १ नम्बर टोली बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक विनोद केसी र प्रकाशराज भट्ट विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ।

उनीहरु विरुद्ध अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार आरोपपत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार दुवैजनामाथि १ लाख रुपैँया बिगो कायम गरी जरिवाना तथा कैद सजायकाे माग दाबी लिएको छ।

अख्तियारको टोलीले गत चैत २२ गते उनीहरुलाई जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग १ लाख रुपैँया घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा घुस लिएको पुष्टि भएपछि सोमबार उनीहरुविरुद्ध आरोपपत्र दायर गरिएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP