Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

फेरि ओरालो लाग्यो नेप्से परिसूचक, १७.६४ अंकले घट्यो

काठमाडौं : बुधबार ६० अंकभन्दा बढी अंकले बढेको शेयर बजार बिहीबार भने गिरावट आएको छ। बिहीवार नेप्से सूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घटेको छ।

बिहीबार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बुधवारको तुलनामा बिहीवार कारोबार रकममा गिरावट आएको छ।

बुधबार १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। बिहीबार कारोबारमा आएका १३ वटै उपसमूह मध्ये १२ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ। भने १ वटा उपसमूहको सूचक सामान्य अंकले बढेको छ। जसमा विकास बैंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ। भने व्यापार तथा प्रशोधन उपसमूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि उपकार लघुवित्त र बलेफि हाइड्रोपावरको शेयरमूल्य उच्च अंकले बढेको छ भने मिथिला लघुवित्तको ३.९५ प्रतिशत नयाँ सारथी लघुवित्तको २.७५ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको २.७० प्रतिशतले बढेको छ।

तर, यता, सिगटी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.३४ प्रतिशतले घटेको छ। त्यस्तै, समिट लघुवित्तको ५.०३ प्रतिशत, इमर्जिङ नेपालको ४.३४ प्रतिशत र लुम्बिनी विकास बैंकको ४.३० प्रतिशतले घटेको छ।

कारोबारको आधारमा कुमारी बैंकको सबैभन्दा धेरै ६ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ४ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP