Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो

काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ। नेपाल आयल निगमले विज्ञप्ति निकालेर इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट आज आएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जानकारी दिएको हो।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटरमा औसत ६ रुपैयाँ ५२ पैसा, डिजेलमा १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनमा १९ रुपैयाँ ९१ पैसा मूल्य बढेर आएको छ। अन्तरराष्ट्रिय मूल्य नघट्ने तथा यही विन्दुमा स्थिर रहे पेट्रोलियम पदार्थको आपूर्ति, विक्रीवितरण सहज बनाइराख्न पेट्रोल, डिजेल र एलपी ग्यासको नयाँ खुद्रा विक्री मूल्य पनि लागत मूल्यसरह नै हुने गरी तोक्नुपर्ने स्थिति रहेको निगमले जनाएको छ।

सरकारले निगमलाई केही सहुलियत नदिए वा बेवास्ता गरे मूल्य समायोजन बाहेकको विकल्प निगमसँग नरहेको प्रवक्ता उपाध्यायले थाहाखबरलाई बताए।

आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रति लिटर पेट्रोलमा ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ। डिजेलमा ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा रहेको छ। एलपी ग्याँसमा भने मूल्य हेरफेर नभएको प्रवक्ता उपाध्यायले स्पष्ट पारे। ग्यासको मूल्यसूची भने आइओसीले प्रत्येक १ तारिखमा पठाउने गरेको छ।

‘पछिल्लो समय त अवस्था कस्तो छ भने हप्ता-हप्ता दिनमा तेलको बिक्री गरेर संकलन भएको पैसा पनि हामीले पठाइरहेका छौं। यति गर्दा पनि हामीले अझै २२ अर्ब रुपैयाँ तिर्न बाकी छ’‚ उनले थपे, ‘आज ह्वात्तै बढेर नयाँ मूल्य सूची आएको छ। यसले हामीलाई थप व्ययभार परेको छ।’

निगमले आइओसीलाई पेट्रोलियम पदार्थ खरिदबापत जुन २३ सम्म भुक्तानी दिन नसकी बक्यौता भएको रकम नै करिब २२ अर्ब पुगिसकेको जनाएको छ।

नयाँ मूल्य सूचीअनुसार निगमलाई आगामी १५ दिनमा करिब ४ अर्ब ८१ करोड घाटा हुने निगमको प्रक्षेपण छ। जसअनुसार मासिक ९ अर्ब ६३ करोड रुपैयाँ निगमलाई घाटा हुने देखिएको छ। यस अवस्थामा रकम व्यवस्थापन तथा आपूर्ति व्यवस्थासमेत सहज बनाउन अत्यन्तै कठिन देखिएको प्रवक्ता उपाध्यायले जानकारी दिए।

यो आर्थिक वर्षको असार मसान्तसम्म निगमलाई करिब ५५ अर्ब देखि ६० अर्ब रुपैयाँसम्म नोक्सानी हुने अनुमान निगमले गरेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP