Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

४ वर्षमा ६ कराेड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति कमाउने नासुविरुद्ध मुद्दा दायर

काठमाण्डाै – स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध ६ करोड रुपैयाँभन्दा धेरै बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीमाथि ६ करोड २४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित आज शुक्रवार विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

भण्डारी २०७३ साल असोज २१ देखि २०७७ साउन १ गतेसम्म मात्रै सरकारी सेवामा हुनुहुन्थ्याे । नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको जागिरको अवधिमा उहाँले २६ लाख ६१ हजार रुपैयाँ आर्जन गर्नुभएकाे थियाे । तर उहाँको खर्च र लगानीतर्फ (जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम) सहित ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

भण्डारीले यो अवधिमा पारिश्रमिक, श्रीमतीको तलबबाट बचत, सञ्चय कोषबाट लिएको ऋण र जागिर सुरु हुनुभन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानुनसम्मत आर्जन गरेको दाबी गर्नुभएकाे थियाे । तर अख्तियारले त्यो दाबीलाई स्वीकार गरेन र ६ करोड २४ लाख ६५ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्ष निकालेको हाे ।  

विशेष अदालतमा दायर मुद्दामा अख्तियारले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ । भण्डारीकाे सम्पत्तितर्फ ६ करोड ६ लाख ४१ हजार आठ सय १३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार रुपैयाँ उहाँको एकल स्वामित्वमा रहेको कम्पनीबाट जफत गर्न माग गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP