Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पोखरा राष्ट्रिय साइक्लिङमा नेपाली सेनाका हिमाल र गोरखाकी उषा विजेता

पर्वत : पोखरामा आयोजना भएको राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन्।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ सङ्घ कास्कीको सह आयोजनामा पोखरामा शनिवार भएको ४५ किलोमिटरको प्रतियोगितामा नेपाली सेनाका टमाटा र गोरखाकी खनाल प्रथम भएका हुन्। 

दुई घण्टा ३४ मिनेट १० सेकेन्डमा निर्धारित दुरी पार गर्दै टमाटा पुरुषतर्फ र सोही दुरी तीन घण्टा आठ मिनेट ४० सेकेन्डमा पार गर्दै महिलातर्फ उषा प्रथम भएकी हुन्। 

पुरुषतर्फ एपीएफका लक्ष्मण मल्ल द्वितीय र कास्कीका हिकमत विक तृतीय भएको आयोजक खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए। मल्लले दुई घण्टा ३७ मिनेट ५० सेकेन्डमा र विकले दुई घण्टा ४६ मिनेट ३९ सेकेन्डमा निर्धारित ४५ किलोमिटर दुरी पार गरेका थिए। 

महिलातर्फ नुवाकोटकी लक्ष्मी मगर द्वितीय र धरानकी इन्द्रकुमारी तामाङ तृतीय भएका छन्। मगरले तीन घण्टा ३३ मिनेट ७ सेकेन्ड र तामाङले ४ घण्टा ५ मिनेट ३ सेकेन्डमा ४५ किलोमिटर पुरा गरेका हुन्। 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाएका छन्। सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। 

प्रतियोगितामा पोखरा, काठमाडौँ, गोरखा, बुटवललगायत ठाउँका ८१ खेलाडी सहभागी थिए। पुरुष ७६ जना र महिला ५ जना प्रतियोगितामा सहभागी भएको सहआयोजक साइक्लिङ सङ्घ कास्कीका अध्यक्ष शङ्कर भण्डारीले बताए।

पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु भएको प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमै पुगेर सकिएको थियो। 

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आउँदो बजेटमा खेलकुद प्रवर्द्धन गर्न सक्ने गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन्। विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिलाई एकै ठाउँमा उभ्याउने भएकाले खेलकुद एकताको प्रतीक भएको उनले बताए। ‘देशमा सबै कुरा विभाजित छन्। तर, खेलकुदले विभिन्न ठाउँमा रहेकालाई एकै ठाउँमा ल्याउँछ,’ नगरप्रमुख आचार्यले भने, ‘खेलकुद प्रवर्द्धन र खेलाडी उत्पादनमा हामी जोड दिन्छौँ।’

महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पहिलो पटक साइक्लिङ प्रतियोगिता आयोजना गरेको र निरन्तरता दिने बताए। पोखरामा साइक्लिङको सम्भावना भएको र स्वास्थ्यका लागि पनि राम्रो हुने भएकाले साइक्लिङ प्रवर्द्धनमा जोड दिने उनको भनाइ छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP