Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एसीसी महिला च्याम्पियनसिप : नेपाल र बहराईनबीच प्रतिस्पर्धा

काठमाडौं : एसीसी महिला टी–ट्वेन्टी च्याम्पियनसीप क्रिकेटमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। 

नेपाल र बहराइनबीचको खेल मलेसियाको वाईएसडी यूकेएम ओभलमा बिहान साढे १० बजे सुरु हुने छ।  यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आज तेस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रिँदैछ। 

आजको खेलमा जित निकाले एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ। समूह बी को नेपाल २ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा छ। बहराइन २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा छ। यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो। 

नेपालले अन्तिम खेलमा भोलि हङकङसँग प्रतिस्पर्धा गर्नेछ। १० टोली सहभागी रहेको च्याम्पियनसिपमा फाइनलमा पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा स्थान बनाउने छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP