Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

डलरको बाहानामा लाखौँ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं : अमेरिकी डलर साटिदिने भन्दै आठ लाख रुपैँया ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार ठगीको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ६ घर भई हाल काठमाडौं स्युचाटार बस्ने ३३ वर्षका कुमार श्रेष्ठ रहेका छन्।

उनले गत जेठ १७ गते काठमाडौं कलंकीस्थित सीता पेट्रोल पम्प नजिकै सिन्धुपाल्चोकका हाल ललितपुर नख्खु बस्ने ६२ वर्षीय वृद्धलाई ठगेका हुन्। श्रेष्ठले ती वृद्धलाई आफ्नो आमा गम्भीर बिरामी भई अस्पताल भर्ना भएको र आमाको उपचारको लागि पैसाको अभाव भएकाले आफूसँग भएको अमेरिकन डलरका केही नोट साटिदिन आग्रह गरेका थिए।

नोट साट्न आएकै समयमा पीडितबाट आठ लाख रुपैँया लिएको र त्यसको सट्टामा कपडा तथा प्लाष्टिकको थैलीमा डलरको साइजमा काटिएका कागजका टुक्राहरू राखेर दिई फरार भएका श्रेष्ठलाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले यही असार ३ गते राति कलंकीस्थित सडक खण्डबाट नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। श्रेष्ठले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको हुनसक्ने भन्दै प्रहरीले ठगीमा परेकाहरुले प्रहरी वृत्त कालीमाटीमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP