Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

काठमाडौंमा देखिएको हैजा नियन्त्रण गर्ने प्रयासमा सरकार

काठमाडौं : काठमाडौं उपत्यकामा हैजा र झाडापखालाका बिरामी देखिन थालेपछि सरकारले नियन्त्रणको तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले उपत्यकामा बढ्दै गएको हैजा तथा झाडापखाला संक्रमण नियन्त्रणका लागि तयारी अगाडि बढाएको हो।

महाशाखाका हैजा रोगमा फोकल व्यक्ति डा खगेश्वर गेलालका अनुसार आजै मात्र महाशाखा, काठमाडौं महानगरपालिका, उपत्यकाका तीनवटै जिल्ला जनस्वास्थ्य कार्यालय, उपत्यका खानेपानी लिमिटेड सहितको बैठक बसेर हैजासम्बन्धी जनचेतना बढाउने, पानीको गुणस्तर निगरानी गर्ने, अस्पतालहरूमा झाडापखाला तथा हैजाको निगरानी कडा बनाउने महाशाखाले निर्णय गरेकोसमेत बताए।

‘हालसम्म बागबजारमा दुईजना, ललितपुरको एकजना र चितवनबाट केही दिनअघि काठमाडौं आएका अर्का व्यक्तिमा हैजा पुष्टि भइसकेको छ, त्यसैले हामीले उपत्यका तीनवटै स्वास्थ्य कार्यालय, खानेपानी वितरकलाइ सचेत हुन आग्रहका साथै आ-आफ्नो क्षेत्रबाट अपनाउनुपर्ने सावधानी अपनाउन भनेका छौं‚’ उनले भने।

हाल महाशाखाले संक्रमितको उपचार र समुदायमा हैजा तथा झाडापखालाबाट बच्न जनचेतना फैलाउने तरिकाले अगाडि बढेकोसमेत उनले बताए।

‘हैजा भन्ने बित्तिकै हामीले खानेपानी कस्तो छ भन्ने कुरा आउँछ, त्यसैले हामीले शुद्ध खानेपानीका लागि काठमाडौंवासीलाई खानेपानीको जनचेतनाका पाटोलाई हामीले जोड दिएका छौँ, त्यस्तै पानीको गुणस्तर सर्भिलेन्स गर्छौं। अस्पतालमा पहिलेदेखि नै हैजाको सर्भिलेन्स हुन्थ्यो। यसलाई अब झनै कडा गर्न भन्छौं। सबै निकायसँगको सहकार्यमा अघि बढ्छौँ‚’ उनले भने।

बागबजारमा बस्दै आएका दिदीबहिनीलाई हैजा पुष्टि भएपछि हैजा संक्रमणको स्रोत पत्ता लगाउन इडिसिडी, जनस्वास्थ्य कार्यालय र काठमाडौं महानगरपालिकाको टोली बागबजार क्षेत्रमा खटिएको डा गेलालले बताए।

उनका अनुसार यो टोलीले बागबजार क्षेत्रको ढल, पानी, खाद्यान्न लगायतको नमुना संकलन गरेर हैजाको स्रोत पत्ता लगाउने प्रयास भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP