Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आयरल्यान्डसँगको टी–२० श्रृङ्खला भारतलाई : दोस्रो खेलमा आयरल्यान्ड ४ रनले पराजित

काठमाण्डाै – भारतले दोस्रो तथा अन्तिम टी–२० क्रिकेटमा आयरल्यान्डलाई चार रनले हराएको छ । योसँगै भारतले आयरल्यान्डसँगको श्रृङ्खला जितेको छ । जितका लागि २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन बनायो ।

आयरल्यान्डका कप्तान एन्ड्री बलबर्नीले ६० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पउल स्टर्लिङ ४० र ह्यारी टेक्टर ३९ रनमा आउट भए । जर्ज डोकरेल ३४ रन तथा मार्क आदिर २३ रनमा अविजित रहे ।

भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो ।

भारतका दीपक हुडाले १ सय ४ रनको शतकीय पारी खेले । टी–२० मा सुरेश रैना, रोहित शर्मा र लोकेश राहुलपछि शतक प्रहार गर्ने हुडा भारतका चौथो खेलाडी हुन् । सञ्जु स्यामसन ७७ रन आउट भए । आयरल्यान्डका मार्क आदिरले ३, जोश लिटिल र क्रेग याङ्गले समान २/२ विकेट लिए । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP