Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालले अभ्यास खेलमा क्यानडाको ओन्टारियो क्लबलाई ६९ रनले हरायो

काठमाण्डाै – क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई हराएको छ ।

खेलमा नेपाल ६९ रनले विजयी भएको हो । किङ्ग सिटीमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो ।

जितका लागि २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा १ सय ५१ रनमा अलआउट भयो । नेपालका विनोद भण्डारीले ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै आसिफ शेखले ४२ रन जोडे । बसिर अहमदले २४ रन जोडे । घरेलु टोलीका शील पटेलले ३ विकेट लिए ।

ओन्टारियोका रियाज खान पठानले सर्वाधिक ३६ रन जोडे । नेपालका पवन सरार्फले ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले, आरिफ शेख र किशोर महतोले समान २/२ विकेट लिए । नेपाल र क्यानडाबीच असार २० र २१ गते एक दिवसीय श्रृङ्खला हुनेछ ।

क्यानडामा दुई एक दिवसीयपछि नेपाली टोली स्कटल्यान्ड जानेछ । त्यहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिदेशीय एक दिवसीय श्रृङ्खला हुने छ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा असार २९ र साउन १ गते स्कटल्यान्डसँग खेल्नेछ ।

अङ्क तालिकामा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र एक खेलमा बराबरीकासाथ १५ अङ्कसहित पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP