Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारतसँगको पाँचाैँ तथा अन्तिम टेस्टमा इङ्ल्यान्डको राम्रो प्रदर्शन

काठमाण्डाै – भारतसँगको पाँचाैँं तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इङ्ल्यान्डले राम्रो प्रदर्शन गरेको छ ।

चौथो दिनको समाप्तिमा ३ सय ७८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५७ ओभरमा ३ विकेट गुमाउँदै २ सय ५९ रन बनाएको छ ।

इङ्ल्यान्डका जोय रुट ७६ रन र जोनी बेयरस्टो ७२ रनमा अविजित रहे । चौथो विकेटका लागि रुट र बेयरस्टोले १ सय ५० रनको अविजित साझेदारी गरेपछि इङ्ल्यान्ड जित उन्मुख रहेको छ । अन्तिम दिन इङ्ल्यान्डलाई जितको लागि १ सय १९ रन आवश्यक पर्दा ७ विकेट छ ।

इङ्ल्यान्डका ज्याक क्रली र एलेक्स लिसले १ सय ७ रनको शतकीय पारी खेले । पहिलो पारीमा १ सय ३२ रनको अग्रता बनाएको भारतले दोस्रो पारीमा २ सय ४५ रन बनाएपछि समग्रमा इङ्ल्यान्डले ३ सय ७८ रनको लक्ष्य पाएको हो । इङ्ल्यान्ड विजयी भएमा पाँच टेस्ट खेलको श्रृङ्खला २–२ को बराबरीमा सकिनेछ ।

पराजित भएमा इङ्ल्यान्डले ३–२ ले श्रृङ्खला गुमाउनेछ । त्यस्तै बराबरी हुँदा इङ्ल्यान्डले २–१ ले गुमाउनेछ । गएको वर्ष पाँच खेलको टेस्ट  श्रृङ्खला अन्तर्गत ४ वटा टेस्ट सकिएपछि खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा पाँचाैँ टेस्ट  रोकिएको थियो ।

गएको वर्षकै श्रृङ्खला अन्तर्गत भारत र इङ्ल्यान्डले अहिले पाँचाैँ टेस्ट  खेलेका हुन् । चार खेलमध्ये २ वटा भारतले र एउटा इङ्ल्यान्डले जितेका छन् । एउटा खेल बराबरीमा सकिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP