Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

४८ अर्ब ऋण रहेको निगम थप पाँचवटा विमान किन्न लिबङ गर्दै

काठमाडौं : नेपाल  वायुसेवा निगम  (नेपाल    एयरलाइन्स)ले  आन्तरिक  उडान  प्रभावकारी  बनाउन  पाँचवटा  नयाँ  जहाज  किन्ने  तयारी  गरेको छ। 

चीनसँग  खरिद  गरेका  छवटा  जहाज  ग्राउन्डेड  भएको  दुई  वर्षपछि  निगमले  यस्तो  योजना बनाएको हो। अधिकांश समय ग्राउन्डेड भएका चिनियाँ जहाजसहित  न्यारोबडी  र  वाइडबडी  जहाज  किन्दा  लिएको  ऋणको  नियमित  किस्तासमेत  तिर्न नसकेर करिब ४८ अर्ब रुपियाँ ऋण बोक्दै आएको  निगमले  थप  पाँचवटा  जहाज  किन्न  लबिङ गरिरहेको छ। 

कोरोना  महामारीयताको  समय  कर्मचारी  सञ्चय कोष, नागरिक लगानी कोषसँग लिएको ऋणको साँवा र ब्याजको दायित्वसमेत नतिरेको निगमले  आफ्नो  व्यावसायिक  योजनाअनुसार  आन्तरिकतर्फ थप पाँचवटा जहाज थप्ने तयारी गरिरहेको हो। निगमले स्टोल र ट्रङ्क रुटमा उडान गर्न सन् २०२२ भित्रै थप पाँचवटा जहाज खरिदको तयारी अगाडि बढाएको छ। जहाज खरिद प्रक्रिया अगाडि  बढाउन  निगमले  एक  समिति  गठन  गरेको खबर गोरखापत्रमा मीनराज भण्डारीले लेखेका छन्।

उक्त समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयसंँग छलफलपछि अबको १५ दिनभित्र एक निष्कर्षमा पुग्ने निगम स्रोतले जनाएको छ। आन्तरिक   उडानमा   प्रतिस्पर्धा   गर्न   भन्दै  २०७१,  २०७३  र  २०७४  मा  एभिएसन  इन्डस्ट्रिज कर्पोरेसन चाइनासँग पौने चार अर्ब रुपियाँमा खरिद गरिएका चारवटै चिनियाँ विमान २०७७ साउन १५ गतेदेखि ग्राउन्डेड अवस्थामा छन्।  ग्राउन्डेड  भएयता  ती  विमानको  बीमा  तथा  अत्यावश्यक  मर्मत,  पार्किङ  खर्च  हुँदै  आएको छ।

यसअघि  जहाज  उडाउन  सञ्चालन,  वाणिज्य र इन्जिनियरिङको उचित व्यवस्थापनमा चुकेको निगमले निजी क्षेत्रका विमान कम्पनीको तुलनामा सस्तो भाडादरमा उडान गर्दासमेत नाफा कमाउन नसकेको अवस्थामा नयाँ जहाज किनेर प्रतिस्पर्धामा उत्रिने योजना अगाडि सारेको छ।

सुरुवाती  छलफलअनुसार  खरिद  गर्न  लागेका जहाजमा दुईवटा ७२ सिट क्षमताका एटीआर  जहाज  र  तीनवटा  साना  (१८  सिट  क्षमताका) जहाज किन्ने तयारी भइरहेको छ। हाल   निगमका   दुईवटा   वाइडबडी,   दुईवटा न्यारोबडी र दुईवटा ट्विनअटर विमान सञ्चालनमा  रहेका  छन्।  

निगमका  प्रवक्ता  अर्चना खड्काका अनुसार आन्तरिक उडानमा अन्य  निजी  हवाई  कम्पनीसंँग  प्रतिस्पर्धाका  लागि निगमसंँग जहाजको सङ्ख्या कम रहेको र नयाँ जहाज खरिदमार्फत निगमका आम्दानी बढाउन  सञ्चालक  समितिले  स्वीकृत  गरेको  व्यावसायिक योजनाअनुसार जहाज खरिदबारे सुरुवाती छलफल भइरहेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP