Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

संकटका बेला श्रीलंकालाई क्रिकेटले दियो खुसी

राजनीतिक र आर्थिक अस्थिरतामा जुधिरहेको श्रीलंकालाई क्रिकेट खेलाडीले  ऐतिहासिक खुसी दिएका छन्। 

युवा लेफ्ट आर्म स्पिनर प्रभात जयसूर्याको शानदार बलिङमामा श्रीलंकाले दोस्रो टेस्टमा अस्ट्रेलियालाई इनिङ र ३९ रनले पराजित गरेको हो। योसँगै दुई खेलको टेस्ट सिरिज १–१ को बराबरीमा सकिएको छ।

दोस्रो इनिङमा डेब्यू ब्वाइ चम्किँदा अस्ट्रेलियाका ब्याटर निरीह भएका थिए। श्रीलंकाले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई इनिङ अन्तरले पराजित गरेको हो।

अष्ट्रेलियाले पहिलो इनिङमा ३६४ रन बनाएको थियो। जवाफमा श्रीलंकाले दिनेश चण्डिमालको दोहोरो शतक (२०६) मा ५५४ रनको उच्च स्कोर बनाएको थियो।

पहिलो इनिङमा १९० रनले पछि परेको अष्ट्रेलियाले दोस्रो इनिङ सुरु गरेको थियो। तर खराब ब्याटिङको सिकार हुँदा अष्ट्रेलिया १५१ रनमा समेटियो। श्रीलंकालाई सहज जित दिलाउने क्रममा प्रभात जयसूर्याले ५९ रन दिएर ६ विकेट लिए।

अष्ट्रेलियाका लागि मार्नुस लबुसानको ३२ रन सर्वाधिक रह्यो। त्यस्तै उस्मान ख्वाजाले २९ रन बनाउँदा डेभिड वार्नरले २४ रन बनाए। त्यस्तै क्यामरुन ग्रिनले २३ रन बनाए्। 

जयसूर्या डेब्यु टेस्टमा श्रीलंकाका लागि सर्वाधिक विकेट लिने खेलाडी समेत बने। उनले प्रवीण जयविक्रमाको रेकर्ड तोडे। जयविक्रमाले २०२०-२१ मा बंगलादेशविरुद्ध ११ विकेट लिएका थिए।

डेब्यु टेष्टमा सर्वाधिक विकेट लिने खेलाडीको विश्व कीर्तिमान भने भारतका नरेन्द्र हिरवानी र अस्ट्रेलियाका बोब मेसीको नाममा रहेको छ। उनीहरूले १६(१६ विकेट लिएका छन्। प्रभावतले भने १२ विकेट लिए। उनले पहिलो इनिङमा पनि ६ विकेट लिएका थिए। 

२०२१–२३ मा पहिलो पटक अस्ट्रेलिया पराजित

अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियन्सिपको २०२१ देखि २०२३ को दौडमा पहिलो पटक पराजित भयो। यसअघि यो अवधिमा ९ टेष्टमा अष्ट्रेलियाले ६ टेस्टमा जित हासिल गरेको थियो। जहाँ ३ खेल बराबरीमा सकिएको थियो।

पराजित भएसँगै अष्ट्रेलिया अंक तालिकामा दोस्रो स्थानमा धकेलिएको छ। दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ। अष्ट्रेलियाले ७० प्रतिशत अंक प्राप्त गर्दा दक्षिण अफ्रिकाले ७१.४३ प्रतिशत अंक पाएको थियो।

त्यस्तै पाकिस्तान ५२.३८ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा भारत ५२.०८ प्रतिशत अंकसहित चौथो स्थानमा छ।  
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP