Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कर्णाली प्रदेशमा जडिबुटीबाट तीन करोड भन्दा बढी राजस्व

सुर्खेत  : जडिबुटीको भण्डारका रूपमा रहेको कर्णालीमा तीन करोड भन्दा बढी राजस्व संकलन भएको छ।

प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कर्णाली प्रदेशले चालु आर्थिक वर्ष २०७८÷०७९ मा जडिबुटीतर्फ राजस्व संकलनमार्फत कुल ३ करोड ३६ लाख नौ हजार ५८८ रुपैयाँ राजस्व संकलन गरेको हो।

वन क्षेत्रका काठ–दाउरा बिक्री मार्फत दुई करोड ११ लाख १८ हजार ८०७ रुपैयाँ राजस्व आम्दानी गरी कुल पाँच करोड ४७ लाख २८ हजार तीन सय ९५ रुपैयाँ राजस्व आम्दानी गरेको प्रदेश वन निर्देशनालयको तथ्यांक छ ।

कर्णालीमा ७९ प्रकारका विभिन्न बहुमूल्य जडिबुटी पाइन्छ। वार्षिकरूपमा करिब १२ हजार मेट्रिक टन जडिबुटी कर्णालीले निकासी गर्दै आएको छ । जडिबुटी बिक्रीा गरी आम्दानी गर्ने जिल्लामा सबैभन्दाअगाडि हुम्ला छ । हुम्लाले चालु आर्थिक वर्षमा एक करोड ८७ लाख १६ हजार ५००रुपैयाँ राजस्व असुली गरेको छ।

त्यसैगरी डोल्पामा ६२ लाख ६९ हजार ९५० र जाजरकोटले ४२ लाख पाँच हजार ९०३ रुपैयाँ राजस्व असुल भएको छ । जडिबुटी बिक्रि वितरण गरी राजस्व असुलीतर्फ सुर्खेतले दुई लाख ५६ हजार सात सय ५० रुपैयाँ संकलन गरेको छ।

प्रदेशका जिल्लामध्ये जडिबुटी संकलनतर्फ यो रकम अन्य जिल्लाको तुलनामा सबैभन्दा कम हो । यसैगरी दैलेखमा सात लाख २२ हजार दुई सय, सल्यानमा ११ लाख १३ हजार ६५५, जुम्लामा १३ लाख ७३ हजार पाँच सय, कालिकोटमा ६ लाख ६६ हजार ६ सय ३०, रुकुम पश्चिममा दुई लाख ८४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । मुगुमा भने विगत दुई आर्थिक वर्षमा जडिबुटीमार्फत राजस्व संकलन भएको देखिँदैन ।

कर्णालीले आर्थिक वर्ष २०७५\०७६ मा एक करोड ९६ लाख ६१ हजार दुई सय ९७ रुपैयाँ जडिबुटी मार्फत राजस्व आम्दानी गरेको थियो । २०७६\०७७ मा भने चार करोड १२ लाख ९७ हजार दुई सय ३७ रुपैयाँ राजस्व आम्दानी गरेको छ । २०७७÷०७८ मा एक करोड ९१ लाख ९५ हजार ९५२ रुपैयाँ राजस्व आम्दानी गरेको छ ।

कर्णालीबाट खासगरी ७९ प्रकारका जडिबुटी बाहिर निर्यात भइरहेको छ। कर्णालीबाट बढी मात्रामा निर्यात हुने जडिबुटीमा टिमुर, रिठ्ठा, काउलो, कुट्की, खिरौला, चुत्रो, तेजपात लगायत छन्। त्यसैगरी धुपिपात, पदमचाल, पोषण वेद, रिठ्ठा, यार्सागुम्बा र सेतक चिनी लगायतका जडिबुटी धेरै मात्रामा निर्यात हुने प्रदेश वन निर्देशनालयले जनाएको छ ।

३२ मेट्रिक टन काउलो, पाँच सय ४६ मेट्रिकटन कुट्की, ४० मेट्रिक टन खिरौला, ९४ मेट्रिक टन चुत्रो, तीन सय ८३ मेट्रिक टन टिमुर, १५७ मेट्रिक टन तेपपात कर्णालीबाट एक आर्थिक वर्षमा निर्यात हुन्छन्।

त्यसैगरी दुई सय तीन मेट्रिक टन धुपिपात, १४० मेट्रिक टन पदमचाल, उक सय ५६ मेट्रिक टन पोषणवेद, दुई सय ५० मेट्रिक टन रिठ्ठा, २९ मेट्रिक टन यार्सागुम्बा र दुई सय १७ मेट्रिक टन सेतक चिनी एक आर्थिक वर्षमा निर्यात हुने प्रदेश वन निर्देशनालयको तथ्यांक छ । आम्दानी तर्फ भने कर्णालीमा उत्पादित टिमुरले प्रदेशमा धेरै आम्दानी भित्र्याएको देखिन्छ ।

टिमुरमार्फत कर्णाली प्रदेशले एक आर्थिक वर्षमा करिव २४ लाख चार हजार ८००रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी विषफेज मार्फत एक सय ८८ हजार, यार्सागुम्बामार्फत पाँच लाख १७ हजार ५००, पोषणवेद मार्फत नौ लाख ५६ हजार पाँच सय ५०, पदमचालमार्फत १२ लाख ५६ हजार तीन सय ४०, गुच्चीच्याउँ मार्फत १२ लाख पाँच हजार रुपैयाँ र कुट्कीमार्फत १४ लाख ५० हजार ५५० रुपैयाँ हाराहारीमा प्रत्येक आर्थिक वर्ष कर्णालीले राजस्व संकलन गरिरहेको छ । कर्णालीबाट निर्यात हुने ७९ प्रकारका जडिबुटीहरु निर्यात हुने गरेका छन् ।

जडीवुटी प्रशोधनका लागि जाजरकोटमा काम हुँदै

जडीवुटी प्रशोधनका लागि जाजरकोट भेरी नगरपालिकाको कालेगाउँ नजिकै प्रशोधन केन्द्र निर्माण कार्य जारी रहेको छ । डोल्पा ,जाजरकोट , हुम्ला र जुम्ला लगायत जिल्लामा बढी जडिबुटी पाइनर््छ । जाजरकोट डोल्पा सडक खण्डको बीचमा निर्माण हुन लागेको प्रशोधन केन्द्रबाट धेरैले सहयोग पाउने अपेक्षा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP