Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नामिबियासँग फेरि हार्‍यो नेपाल

काठमाडौं : आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक सिरिजमा नेपाल फेरि नामिबियासँग पराजित भएको छ। स्कटल्याण्डको एयरमा शनिबार राति नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो।

नामिबियाले दिएको २०० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अलआउट भयो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए।  यस्तै आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए। रोहित पौडेलले १७ र पवन सर्राफ १० रनमा अविजित रहे।

कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन्। नामिबियाका बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिए। जान फ्राईलिंकले ३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनाएको थियो। नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले।

नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए। सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिए। सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो।

सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा आइतबार (आज) स्कटल्याण्डविरुद्ध खेल्दैछन। सिरिजको पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP