Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

३५ जना नेपाल भित्रिए,३६ जनालाई भारत पठाइयो

माधव बेलबासे

कपिलवस्तु,१३ वैशाख


कपिलवस्तुको सिमा नाका कृष्णनगर बाट ३५ जना नेपाली नागरिकहरुलाई नेपाल प्रवेश गराइएको छ । विगत २८ दिन देखि भारतको वढनी क्षेत्रका विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई शनिवार आरटिडी परिक्षण गरी नेपाल भित्राइएको छ ।

नेपाल र भारतमा कोरोना भाइरसको संक्रमण देखिएपछि आवतजावतमा रोक लगाउँदा नेपाली भारतमै बस्न वाध्य थिए भने भारतीय नागरिकहरु नेपालमै बसेका थिए । शनिवार नै कृष्णनगर नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनवाट ३६ जना भारतीय नागरिकहरुलाई भारत पठाइएको छ ।


भारतको चण्डीगढ,दिल्ली पंजाव लगाएतका ठाउँमा रोजगारीको लागि गएका नागरिहरुलाई नेपाल प्रवेशमा रोक लगाई भारत सरकारले क्वारेन्टाइनमा राखेको थियो । दुवै देशको सुरक्षा निकायको समन्वयमा नेपालीहरुलाई नेपाल प्रवेश र भारतीयहरुलाई भारत पठाएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुभयो । सवैको स्वास्थ्य परिक्षण गरेर नेपाल प्रवेश गराएको उहाँले जनाउनुभयो ।


भारतवाट नेपाल प्रवेश गराएका नागरिकहरुलाई गन्तव्य सम्म नगरपालिकाले पु¥याउने कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले बताउनुभयो । ‘सम्वन्धित स्थानिय तह सँग सहकार्य गरेर नेपाली नागरिहरुलाई पठाउने तयारीमा छौ, शाहले भन्नुभयो ‘उनीहरुलाई सहज तरिकारले घर पु¥याउछौ, ।’ नेपाल भित्रिएका अधिंकाश नागरिकहरु दाङ,रुपन्देही,कपिलवस्तुका हुन् । नेपाल प्रवशे गरेका सबै नागरिकहरुको आरटिडी नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाउन लागिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP