Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मुटु शल्यक्रियाका लागि अत्यावश्यक ‘अक्सिजेनेटर’ अभाव

काठमाडौं : मुटुको शल्यक्रियाको (ओपेन हार्ट सर्जरी) को लागि अत्यावश्यक पर्ने ‘अक्सिजेनेटर’ मेसिन अभाव भएको छ।

अक्सिजेनेटर अभाव भएपछि दुई ठूला अस्पताल बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको उपचारमा आंशिक प्रभाव परेको छ।

केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीमा अक्सिजेनेटर’ मेसिन अभावले अस्पतालको क्षमताअनुसार सेवा दिन नसकेको बताए। ‘यो मेसिनको अभावले मुटुको शल्यक्रियामा प्रभाव त परेको छ, तर इमर्जेन्सी सेवा रोकेका छैनौँ’, उनले भने। केन्द्रमा बालबालिकाका लागि प्रयोग हुने अक्सिजेनेटर भने १५० वटा मौज्दात रहेको बताइएको छ।

यता महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले भने हालसम्म मेसिनकै अभावमा  शल्यक्रिया नै रोक्नु पर्ने अवस्था नआएको बताएको छ। सेन्टरका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले हाल सेन्टरमा केही मेसिन स्टक रहेको जानकारी दिए। तर बाहिरबाट नआउँदा अब अभाव हुने भएकाले आकस्मिक  हुने खालका शल्यक्रिया मात्रै गरेर केही समय पछि गरे हुने अपरेसन हाललाई रोक्ने विषयमा छलफल भएको बताए।

‘केही मेसिन स्टक त छ’, उनले भने, ‘यो मेसिन विश्वव्यापी अभाव भएकाले हामीले पनि अब आकास्मिक बाहेककका शल्यक्रिया हाललाई नगर्ने कि भनेर सोच्नुपर्ने अवस्था आएको छ।’

एउटा मेसिनको ३५-४० हजार रुपैयाँ पर्छ। यो उपकरण तेस्रो मुलुकबाट आयात गर्नुपर्छ।यो मेसिन अमेरिका, जापान सहित युरोपका देशमा उत्पादन हुने भए पनि नेपालमा भने भारतबाट धेरै आउँछ। भारतमा पनि यो मेसिन अभाव भइरहेको अवस्थामा त्यसको प्रभाव नेपालमा परेको श्रेष्ठले बताए।

के होअक्सिजेनेटर’?

अक्सिजेनेटर ‘ओपेन हार्ट सर्जरी’का लागि अत्यावश्यक उपकरण हो। मुटुको शल्यक्रियाका क्रममा मुटु र फोक्सोको काम उपकरणको सहयोगमा कृत्रिम रूपमा सञ्चालन गर्नुपर्छ। मुटुको शल्यक्रिया गर्दा रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम यो मेसिनले गर्ने हुँदा मुटुको अपरेसनको बेला यो मेसिन अत्यावश्यक मानिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP