Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कोरोना बढ्दै : पर्याप्त किट हुँदा पनि बढेन पीसीआर परीक्षण

काठमाडौं : पछिल्लो समय नेपालमा पुन कोरोना संक्रमणदर तिब्र रुपमा बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार पनि पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरे पनि पाँच प्रतिशत भन्दा माथिको संक्रमणदरलाई असामान्य मानिने गरेको छ। तर नेपालमा असार २७ गतेबाट कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुगे विवरणमा देखिन्छ।

शनिबार ३ सय ३५ संक्रमित भेटिँदा लगभग तीन हजारको हाराहारीमा पिसिआर परिक्षण हुँदै आएको छ। जबकी हालैको कोरोना संक्रमणदर १२ प्रतिशत पुगेको छ। यसरी संक्रमण बढ्दै गएर संक्रमितको संख्या बढ्दै जाँदा परिक्षणको दायरा बढाउनु पर्ने भए पनि हाल नेपालमा दैनिक कोरोना संक्रमणको संकास्पद विरामीको परिक्षण एकदमै कम छ।

जोखिम बढ्दै जाँदा सरकारसँग प्रयोगशाला परीक्षणको लागि आवश्यक पर्ने किट भने प्रयाप्त मात्रा मौज्दात रहेको पाइएको छ। प्रयाप्त मात्रामा परीक्षण किट हुँदा पनि परिक्षणको दायरा बढ्न सकेको छैन।

४ लाखभन्दा बढी पीसीआर किट र ९ लाखभन्दा धेरै भिटिएम मौज्दात

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति शाखाका बरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाका अनुसार अनुसार हाल देशभर जम्मा  पिसिआर रिएजेन्ट ४ लाख ३७ हजार १ सय ६८ रहेको छ।

यस्तै आरएनए एक्स्ट्राक्सन किट ५ लाख १९ हजार ५ सय ४६ थान रहेको छ भने भीटीएम ९ लाख ६० हजार ४ सय १७ थान रहेको छ। ‘प्रदेश र केन्द्र गरि अहिले हामीसँग ४ लाख भन्दा बढि पिसिआर किट, ९ लाख भन्दा धेरै भिटिएमहरु छ’ थापाले भने। हाल रहेको ९ लाख भन्दा बढि भिटिएमले ५ लाख सम्मको परिक्षण गर्न मिल्ने समेत उनले बताए।

४ लाख भन्दा बढि एन्टिजेन किट मौज्दात

यस्तै छिटो परिक्षण गर्नको लागि प्रयोग गरिने एन्टिजेन किट पनि केन्द्र र प्रदेशमा गरेर ४ लाख ४५ हजार २ सय ४६ रहेको आपूर्ति शाखा फार्मेसी अधिकृत थापाले बताए।‘ अहिले हामीसँग प्रदेश र केन्द्रमा गरी ४ लाख भन्दा बढि एन्टिजेन किट छ’ उनले भने।

प्रयाप्त किट हुँदा पनि किन बढेन परीक्षण

प्रयाप्त मात्रामा परीक्षण किट हुँदा पनि परीक्षण गरिएको छैन। पहिले जस्तो संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेकाहरुले परीक्षण नगरेकाले परीक्षणको दायरा नबढेको बताउछन् स्वास्थ्य मन्त्रालयकै एक अधिकारी। ‘हाल संक्रमण बढ्दै जाँदा परीक्षण झन बढाउनु पर्ने तर त्यो हुन सकेको छैन, मुख्य कुरा पहिले जस्तो संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेकाहरुले परिक्षण गरेको देखिदैन अर्को तर्फ हामीले पनि परीक्षणलाई व्यापकता दिने गरि अगाडी बढिएको छैन,’ ती अधिकारीले भने।  तर हाल सरकारले सीमा नाकामा भने परीक्षणमा विशेष ध्यान दिएको ती अधिकारीको भनाइ छ।

 तर नेपालमा पुनः संक्रमण बढ्दै जाँदा कोरोना संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विमानस्थल र  सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने जनाएका छन्। यस्तै मन्त्रालयले गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न भनेका छन्।

हाल देशभर ९४ वटा विभिन्न अस्पताल तथा प्रयोगशालाहरूबाट पीसीआर परिक्षण हुँदै आएको छ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८४१ झन्डै तीन हजारको हाराहारीमा रहेको छ। आईसीयूमा २५ जना संक्रमित उपचाररत रहेका छन। अत्यधिक संक्रामक मानिएको ओमिक्रोनको उपप्रजाति बीएफवान नेपालमा फेला परेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP