Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

वेष्ट इन्डिजसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत २ विकेटले विजयी

काठमाण्डाै – भारतले दोस्रो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई २ विकेटले हराएको छ । जितसँगै भारतले एक दिवसीय क्रिकेटको शृङ्खला एक खेल अगावै जितेको छ ।

जितका लागि वेष्ट इन्डिजले दिएको ३ सय १२ रनको लक्ष्य भारतले ४९ ओभर ४ बलमा ८ विकेट गुमाएर भेट्टायो । भारतका लागि अक्षर पटेल, श्रेयस ऐर र सञ्जु स्यामसनले अर्धशतकीय पारी खेले । अक्षर पटेलले ६४ रन बनाए भने श्रेयस ऐरले ६३ र सञ्जु स्यामसनले ५४ रन जोडे । यस्तै, सुभमन गिलले ४३ तथा कप्तान शिखर धवनले १३ रन बनाए ।

वेष्ट इन्डिजका अलजारी जोशेफ र काइल मेयर्सले दुई/दुई विकेट लिए । यस्तै, जेदेन सेल्स्, रोमारियो शेफर्ड र अकेल हुसैनले एक/एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो । उसका लागि शाइ होपले सर्वाधिक १ सय १५ रनको शतकीय पारी खेले ।

होपले आफ्नो करिअरको एक सयऔँ खेलमा शतक बनाएका हुन् । यस्तै, कप्तान निकोलस पुरनले ७४ रनको अर्धशतकीय पारी खेले भने काएल मेयर्सले ३९, शमराह ब्रुरक्सले ३५,रोमारियो शेफर्डले १४ र रोभमन पवेलले १३ रन बनाए। भारतका शार्दुल ठाकुरले ३ विकेट लिए भने दीपक हुडा, अक्षर पटेल र युजभेन्द्र चहलले एक/एक विकेट लिए ।

पहिलो खेलमा भारत तीन रनले विजयी भएको थियो । तेस्रो खेल पर्सि हुनेछ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP