Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सुत्केरीको पाठेघरभित्रै प्याड रहेको पीडितको आरोप, अस्पतालद्वारा अस्वीकार

गुल्मी : गुल्मी अस्पतालमा असार २८ गते सुत्केरी भएकी महिलाको पाठेघरभित्रै प्याड रहेको पीडित पक्षले आरोप लगाएका छन्।

गुल्मी अस्पतालमा असार २८ गते सुत्केरी भएकी छिमेकी जिल्ला अर्घाखाँची छत्रदेव गापा–८ की २१ वर्षीय अप्सरा पाण्डेको पाठेघरभित्रै प्याड छोडिएको भन्दै स्वास्थ्यकर्मीहरूले लापरवाही गरेको पाण्डेका परिवारले आरोप लगाएका छन्। अप्सरालाई असार २९ गते अवस्था सामान्य रहेको भन्दै गुल्मी अस्पतालले डिस्चार्ज गरेको थियो। 

घर गएपछि खान मन नलाग्ने, नवजात शिशुलाई दूध चुसाउन पनि समस्या भएको र तल्लो पेट दुख्ने समस्या आएपछि स्थानीय महिलाले केही समस्या भयो कि भनेर योनिमा हेर्दा सेतो धागो देखेको अप्सराका कान्छा बुबा दीपक कुँवरले बताए।

उक्त धागोलाई के रहेछ भनेर हेर्दा प्याड देखेपछि स्थानीय स्वयंसेविकाले निकालेको र प्याड आफूहरूसँग सुरक्षित रहेको कुँवरले दाबी गरे।

अस्पतालको गम्भीर लापरवाहीका कारण उक्त समस्या आएको र स्वास्थ्यप्रति खेलवाड गरेको कुँवरले आरोप लगाए। साउन ९ गते सोमबार अप्सरा र उनको परिवार गुल्मी अस्पतालमा उपचारका लागि आएका हुन्। अहिले उनको गुल्मी अस्पतालमा उपचार भइरहेको छ।

यता जिल्ला अस्पताल गुल्मीले भने पीडितले लगाएको आरोप खण्डन गरेको छ। अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै उक्त आरोपको खण्डन गरेको छ।
प्रमुख डाक्टर उत्तम पच्याले नर्मल रूपमा सुत्केरी भएकी महिलाको पाठेघरभित्र कसरी प्याड हुन्छ भन्दै आरोप लगाउनेहरूलाई अस्पतालले प्याड देखाउन आग्रह गरे।

पाठेघरको मुखको पूरा घर खुल्दै गर्दा बच्चाले दिसा गरेको र योनिमार्ग सानो भएकाले छिटो डेलीभरी गर्न पाठेघरको द्वार चिरेको भन्दै चिरेको ठाउँ सिलाई रगत नबगोस् भनेर प्याड राखिएको अस्पतालले जनाएको छ। 

डिस्चार्ज गर्नुभन्दा पहिले प्याडलाई पिसाब फेर्न जाँदा निकाल्न भनिएको र अन्य प्याड नराखिएको जिल्ला अस्पताल गुल्मीले जनाएको छ। महिलाले गन्हाउने प्याडको कुरा गरेको भन्दै त्यो भए घाउ पाक्नुपर्ने त्यो भएको नदेखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हालसम्म कहीँ कतैबाट केही समस्या नआएकोमा अहिले यस्तो आरोप आउनु दुःखद भएको पच्याको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP