Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ऐन आएको ४ वर्षपछि बस्यो जनस्वास्थ्य समितिको बैठक

काठमाडौं :ऐन आएको ४ वर्षपछि राष्ट्रिय जनस्वास्थ्य समितिको पहिलो बैठक बसेको छ। २०७५ सालमा जनस्वास्थ्य ऐन आएको थियो। जनस्वास्थ्य सेवा ऐन २०७५ मा टेकेर गठन भएको राष्ट्रिय जनस्वास्थ्य समितिको पहिलो बैठक ४ वर्षपछि बसेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा बैठक बसेको हो।

मानव स्वास्थ्यमा प्रभाव पार्ने स्वास्थ्यका बृहत् सामाजिक निर्धारकहरूलाई सम्बोधन गर्न विषयगत क्षेत्रको नीति तथा कार्यक्रममा जनस्वास्थ्यका मुद्दा समावेश गर्न नीतिगत सुझाव दिनका लागि राष्ट्रिय जनस्वास्थ्य समितिको गठन गरिएको हो। यो समितिको बैठक वर्षमा दुई पटकसम्म बस्ने व्यवस्था रहेको छ।

पहिलो पटक बसेको बैठकमा एजेण्डामा समितिको परिचय र कार्य विवरण, नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (०७९/८०-०८७/८८), मस्यौदाको प्रस्तुति, छलफल र राय सुझाव संकलन, समितिको कार्यविधि समावेश गरिएको छ।

राष्ट्रिय जनस्वास्थ्य समितिको अध्यक्ष स्वास्थ्य तथा जनसंख्यामन्त्री र सहअध्यक्ष स्वास्थ्य राज्यमन्त्री हुने व्यवस्था छ। राष्ट्रिय योजना आयोग (स्वास्थ्यसम्बन्धी विषय हेर्ने), स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमध्येबाट सरकारले मनोनीत गरेका एकजना, उद्योग सचिव, गृह सचिव, अर्थ सचिव, कृषि सचिव र खानेपानी सचिव सदस्य हुने व्यवस्था रहेको छ।

स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिवहरू पनि समितिको सदस्य रहने व्यवस्था छ।

यसका साथै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ, स्वास्थ्यसँग सम्बन्धित परिषद्हरूमध्येबाट एकजना मनोनीत, स्वास्थ्य विज्ञहरूमध्येबाट अध्यक्षले मनोनीत गरेको एकजना, निजी स्वास्थ्य संस्थाका सञ्चालकमध्ये अध्यक्षले मनोनीत गर्ने एकजना महिलासहित दुईजना, उपभोक्ता हित संरक्षणसँग सम्बन्धित संघसंस्थाका पदाधिकारीमध्ये अध्यक्षले मनोनीत गरेको एकजना पनि समितिको सदस्य रहने प्रावधान छ।

स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख सदस्यसचिव रहन्छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP