Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

साफ २० वर्षमुनिको च्याम्पियनसिपमा नेपाललाई उछिन्दै बङ्लादेश शीर्षस्थानमा

काठमाण्डाै – साफ २० वर्षमुनिको च्याम्पियनसिप फुटबलमा नेपाललाई उछिन्दै बङ्लादेश अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

हिजो भएको दोस्रो खेलमा बङ्लादेशले माल्दिभ्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । भारतको भुवनेश्वरमा रहेको कालीङ्गा रङ्गशालामा बङ्लादेशले पहिलो हाफमा नै ४ गोल गरेको थियो ।

योसँगै बङ्लादेशले लगातार तेस्रो जित निकालेको छ । ३ खेलमा ९ अङ्ककासाथ बङ्लादेश शीर्ष स्थानमा छ भने दोस्रो स्थानको नेपालको २ खेलमा ६ अङ्क छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलङ्कालाई ३–० गोलले हराएको थियो ।

हिजो भएको अर्को खेलमा आयोजक भारतले श्रीलङ्कालाई ४–० को फराकिलो अन्तरले हराएको छ । भारतको यो पहिलो जित हो । भारत २ खेलमा ३ अङ्कसाथ तेस्रो स्थानमा छ । पुछारमा रहेको माल्दिभ्स र श्रीलङ्काले कुनै अङ्क जोडेका छैनन् ।

प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपालले भोलि भारतसँग र मङ्गलवार बङ्लादेशसँग खेल्नेछ । फाइनल खेल आउँदो शुक्रवार हुनेछ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP