Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

वेस्ट इन्डिजविरुद्ध पहिलो टी २० मा भारतको शानदार जित

वेस्ट इन्डिज भ्रमणमा रहेको भारतले घरेलु टोलीविरुद्धको पाँच खेलको टी २० सिरिजमा विजय सुरुवात गरेको छ। तरौबामा भएको पहिलो टी २० मा भारतले ६८ रनको जित हासिल गरेको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९० रनको स्कोर तयार गरेको थियो। जवाफमा वेस्ट इन्डिज १२२ रनमा समेटियो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाउँदा दिनेश कार्थिकले विस्फोटक इनिङ खेल्दै १९ बलमा ४१ रनमा अविजित रहे।

त्यस्तै सुर्यकुमार यादवले २४ रन बनाउँदा ऋषभ पन्तले १४ तथा रविन्द्र जडेडाले १६ रन बनाए। वेस्ट इन्डिजका लागि अलजारी जोसेफले दुई विकेट लिए।

१ सय ९१ रनको लक्ष्य पछ्याएको क्यारेबियन टिमका कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। उसका लागि समर्च ब्रुक्सले २० रन बनाउनु सर्वाधिक रह्यो। भारतका लागि अर्सदीप सिंह, रविचन्द्रन आश्विन र रवि विश्वईले समान २–२ विकेट लिए।

यी दुईबीचको दोस्रो टी २० सोमबार हुँदै छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP