Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मंकिपक्स बढे अन्तरराष्ट्रिय आवागमन रोकिन सक्छ : डा पाण्डव

काठमाडौं : पछिल्लो समय विश्वभरि नै बढ्दै गएको मंकिपक्सको संक्रमणले फेरि अन्तरराष्ट्रिय आवागमन रोकिन सक्ने बताइएको छ।

डब्लुएचओ नेपाल प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवले पछिल्लो समय मंकिपक्स संक्रमण बढ्दै गएको हुँदा यो स्थिति यथावत रहे अन्तरराष्ट्रिय आवागमन रोकिन सक्ने संकेत गरेका हुन्।

‘मंकिपक्स संक्रमण हाल जुन तरिकाले बढ्दै गएको छ‚ यो नरोकिए भोलिका दिनमा अन्तरराष्ट्रिय आवागमन फेरि रोकिन सक्छ। त्यसैले सतर्क रहनुपर्ने अवस्था छ‚’ उनले भने।

डा पाण्डवले विगतमा मंकिपक्स नदेखिएका देशमा समेत हाल तीव्र गतिमा फैलिएकाले यसबाट सचेत हुनुपर्ने बताए। उनका अनुसार हाल देखिएका मंकिपक्स संक्रमणमा यसअघिभन्दा केही फरक खालका लक्षणसमेत देखिएको बताए।

“वैज्ञानिकहरूले समेत यसको आधिकारिकता अझै पत्ता लगाउन सकेका छैनन्, उनले भारतमा समेत हाल मंकिपक्स देखिएको र एकजनाको मृत्युसमेत भएको छ। भारतमा संक्रमण बढ्दै जाँदा नेपालमा पनि जोखिम बढ्दै गएको छ‚’ उनले भने।

पछिल्लो समय नेपालसँग खुला सिमाना जोडिएको छिमेकी देश भारतमा मंकिपक्स संक्रमण बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म नेपालमा मंकिपक्सको आशंकामा ६ वटा नमुना परीक्षण गरिएको छ।

उक्त परीक्षणमा धेरैमा चिकेनपक्स पुष्टि भएको छ भने एक जनामा कुष्ठरोग भएको पुष्टि भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP